Logo

प्रमुख समाचार

रास्वपा महामन्त्री ढकाल भने- सरकारको न्यूनतम साझा कार्यक्रममा हाम्रो सहमति छैन



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारको न्यूनतम साझा कार्यक्रममा आफूहरुको सहमति नभएको बताएको छ ।

शुक्रबार बिहान रास्वपाको संसदीय दलको अनौपचारिक बैठकले सरकारको न्यूनतम साझा कार्यक्रम भ्रष्टाचारविरुद्ध नरम देखिएको निष्कर्ष निकालेको महामन्त्री मुकुल ढकालले बताएका हुन् ।

विदेशमा बस्ने नेपालीको मताधिकार, सरकारी सेवामा टाइमकार्ड, गुणस्तरीय रोजगारमुखी शिक्षाका लागि संघीय शिक्षा ऐन, छाता विश्वविद्यालय ऐन, गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवाका लागि स्वास्थ्य ऐन जस्ता आफूहरुको विषयले न्यूनतम साझा कार्यक्रममा निरन्तरता पाएको तर समग्रमा अमूर्त छन्, लक्ष्यविहीन र आलटाले देखिएको पनि ढकालले बताए ।

‘तत्कालिन दलहरूबीच २०४६ सालपछिका काण्डहरू भनेर कहलिएका घटनाको छानबिन गर्ने सहमति भएको थियो र त्यसलाई कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार छानबिन गर्ने र कारवाही गर्ने भनेर लेखिएको थियो तर यो हटाइयो । सरकार भ्रष्टाचार रोकथाममा सिरियस देखिएन’ ढकालले बताए ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार १३:४८   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।