Logo

प्रमुख समाचार

सांसद भट्टराईले भनिन्- बच्चा जन्माउने आमाले हो कि मावलीले ?



काठमाडौं । नेकपा एमालेकी सांसद विद्या भट्टराईले संवैधानिक र कानूनी व्यवस्थासमेत ख्याल नगरी गृह मन्त्रालयले मावलीको थर राख्ने गरी गरेको परिपत्र सच्याउन माग गरेकी छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भनिन् यो पनि: गृह मन्त्रालय, बच्चा जन्माउने आमाले हो कि मावलीले ?

‘संविधान र देवानी संहिताअनुसारको भाषा प्रयोग गरी पुन: परिपत्र गर्न सभामुखमार्फत नेपाल सरकारको ध्यानाकर्षण गर्दछु,’ उनले भनिन् । एकल महिलाबाट जन्मिएको पितृत्वको ठेगान नभएको बच्चाको जन्मदर्ता गर्दा मावलीको थर राख्न गृहले गत चैत २२ गते देशैभरका सबै वडालाई परिपत्र गरेको थियो ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार १४:२९   :  बजे

105
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।