Logo

प्रमुख समाचार

एमालेमा ७० वर्षे उमेर हदविरुद्ध किन हाले उजुरी ?



नेकपा (एमाले) मा रहेको ७० वर्षे उमेर हद खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन गरेको छ । एमालेको विधानमा राखिएको उमेर हद संविधानको भावनाविपरीत रहेको भन्दै काठमाडौंका निमकान्त पाण्डेले निर्वाचन आयोगमा उक्त प्रावधान खारेजीका लागि निवेदन दिएका हुन् ।

एमालेको विधानको धारा ६४ मा सबै तहको कार्यकारी कमिटीको पदाधिकारी वा सदस्यमा निर्वाचित वा मनोनित हुन ७० वर्ष उमेर पुरा नभएको हुनुपर्ने व्यवस्था रहेको छ ।

साथै ७० वर्ष पुरा नहुँदै निर्वाचित वा मनोनित भएको व्यक्तिले अर्को महाधिवेशन वा अधिवेशन नभएसम्म आफू निर्वाचित वा मनोनित पदमा रही जिम्मेवारी बहन गर्न बाधा नपुग्ने उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार २२:३१   :  बजे

333
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।