Logo

अर्थ

थप ६४ जनामा कोरोना संक्रमण पुष्टि, ५७ जना डिस्चार्ज



काठमाडौं । ​पछिल्लो २४ घण्टामा ६४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरिएको १ हजार १७० जनाको परीक्षणमा ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै आज ५७ जना संक्रमित संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार हाल ८ संक्रमित आईसीयू र ५ जना भेन्टिलेटरमा उपचाररत छन् भने १५ जना संक्रमित संस्थागत आइसोलेशनमा रहेका छन्।

आज थपिएकासँगै नेपालमा संक्रिय संक्रमितको संख्या ३५७ रहेको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार १७:२२   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।