Logo

प्रमुख समाचार

दाहाल, देउवा र ओलीबीचको भेटवार्ता, टिआरसी विधेक समितिमा पठाउनु पर्ने ओलीको अडान कायमै



सभामुख देवराज घिमिरेको कार्यकक्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा (एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

भेटमा प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओली, र ओली र देउवाबीच संक्रमणकालीन न्याय सम्बन्धी संसद्मा पेश भएको विधेयकको सम्बन्धमा छलफल भएको थियो ।

उक्त विधेयकलाई फास्ट ट्रयाकमा लैजाने विषयमा छलफल भएको बताइएको छ । छलफलका क्रममा एमाले अध्यक्ष ओलीले विधेयक कुनै न कुनै समितिमा लैजानुपर्ने अडान लिएका छन् ।

छलफलपछि बाहिरिएका अध्यक्ष ओलीले सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै विधेयक समितिमा पठाउन पर्ने अडान कायमै राखेको बताए । गत पुष १० गते बनेको सत्ता समीकरण टुटेपछि तीन शीर्ष नेताहरु पहिलो पटक संयुक्त् छलफलमा जुटेका हुन् ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आईतवार ०९:०१   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।