Logo

प्रमुख समाचार

एमालेको सरकार नभएसम्म देशले गति लिदैन : केपी शर्मा ओली



संसदको प्रमुख प्रतिपक्षमा रहेको दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको सरकार नबनेसम्म देशले गति लिन नसक्ने बताएका छन् ।

आज धादिङको रुवी भ्यालीमा आयोजित एमालेको मिसन ग्रासरुट अभियानलाई सम्बोधन गर्दै ओलीले एमालेको सरकार आएपछि देशले आर्थीक रुपमा गति लिने बताए ।

ओलीले भने ‘तसर्थ एमालेको सरकार नबनीकन यो देश बन्दैन, यो देशमा विकास हुन सक्दैन’,। उनले एमालेको सरकार बाह्य तत्वहरुले जोडजाड गरेर नभई जनताले नै बनाउने बताए । उनले एमालेको सरकार बनाउन अरु सबै एकातिर भएपनि एमाले वडा पालिका हुँदै सबैतिर एमालेको बहुमत हुनुपर्ने बताए ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आईतवार २१:५१   :  बजे

90
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।