Logo

प्रमुख समाचार

लापरबाहीका घटना दोहोरिएपछि नेपाल एयरलाइन्सलाई फेरि सोधियो स्पष्टीकरण



काठमाडौं । नेपाल वायुसेवा निगमलाई उडान प्रक्रियाका दौरान गरेका लापरबाहीबारे दोस्रो स्पष्टीकरण सोधेको छ । यसअघि सोधेको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निगमलाई दोस्रो स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

पर्यटन मन्त्री सुदन किरातीका अनुसार ‘मलेसियाको क्वालालाम्पुरमा चार्टर फ्लाइटबाट निगमलाई आर्थिक भार के कति पर्न गएको हो ?’ स्पष्ट पार्न भनिएको छ । नेपाल एयरलाइन्सको हवाइजहाजको दिल्लीमा पाङ्ग्रा बिग्रेको कारण जहाज उडानमा ढिलाइ भएको सम्बन्धमा पाङ्ग्रा लगायत सानातिना पार्टपूर्जाको व्यवस्था निगमको उडान हुने गन्तव्यमा किन राख्न नसकिएको हो र यसबाट आर्थिक भार के कति पर्न गयो भनि मन्त्रालयले स्पष्टीकरण सोधेको हो ।

काठमाडौं–दुवई सेक्टरमा पाइलटको अभावले जहाज उडानमा ढिलाइ भएको जानकारी प्राप्त भएको भन्दै पाइलटको व्यवस्था किन गर्न नसकिएको भनेर पनि सोधिएको छ । यसबाट संस्थालाई के कति आर्थिक भार पर्न गयो भनी स्पष्ट पार्न भनिएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार १९:०६   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।