Logo

राजनीति

भारत जान लागेका रास्वपाका उपसभापति अर्याललाई विमानस्थलमै रोकियो



काठमाडौं । भारत प्रस्थान गर्न लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोरप्रसाद (डीपी) अर्याललाई नेपाल वायुसेवा निगमले विमानस्थलमै रोकेको छ । अर्यालले प्रस्तुत गरेको राष्ट्रिय परिचय पत्र मान्य नहुने बताउँदै विमानस्थलमा निगमका कर्मचारीले उनलाई विमान चढ्नबाट रोकेका हुन् ।

अर्याल दिउँसो पउने २ बजे निगमको उडानबाट भारतको बैंग्लोर जाने तयारीमा थिए । योमेट्रिकसहितको विवरण भएको राष्ट्रिय परिचय पत्रलाई मान्यता दिन अस्वीकार गरेकोमा उपसभापति अर्यालले आश्चर्य व्यक्त गरेका छन् ।

यता वायु सेवा निगमका प्रवक्ता रमेश पौडेलले भने भारतको हकमा नागरिकता नै अनिवार्य भएको स्पष्ट पारेका छन् ।

प्रकाशित मिति : २ बैशाख २०८०, शनिबार १४:१३   :  बजे

573
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।