Logo

प्रमुख समाचार

प्रचण्डले आफैंलाई धोका दिए, परीणाम केही समयपछि थाहा हुन्छ : महासचिव पोखरेल



नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफैले आफैलाई धोका दिएको र त्यसको परीणाम केही समयपछि थाहा हुने दाबी गरेका छन् ।

एमालेले संचालन गरिरहेको ‘मिसन ग्रासरुट’ अभियान अन्तर्गत शनिबार हेटौँडामा बोल्दै महासचिव पोखरेलले प्रचण्डले आफैलाई धोका दिएको र त्यसको परीणाम केही समयपछि थाहा हुने दाबी गरेका हुन् ।

‘अहिले कतिपयले भन्ने गरेका छन् अझ केही एमालेका नेता र कार्यकर्ताहरू पनि अन्योलमा छन्, कि प्रचण्डले एमालेलाई धोका दिए, तर त्यो अन्योलताबाट सबै मुक्त हुन जरुरी छ, प्रचण्डले एमालेलाई हैन, माओवादीले एमालेलाई हैन, उनीहरूले आफूलाई नै धोका दिएका हुन, त्यसको परिणाम अब केहि समयमा नै माओवादीले थाहा पाउँछ,’ उनले भने।

प्रकाशित मिति : ३ बैशाख २०८०, आईतवार ०८:५९   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।