काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज (आइतबार) मन्त्रिपरिषद् विस्तार गर्दै छन् । सरकार गठनको ४ महिना नपुग्दै उनले आठौं पटक मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । प्रधानमन्त्री प्रचण्डले आइतबार परराष्ट्रमन्त्री नियुक्त गर्न लागेका हुन् । नेपाली कांग्रेसका नेता एनपी (नारायणप्रसाद) साउद परराष्ट्रमन्त्री नियुक्त हुँदैछन् ।
आठौंपटक विस्तार हुँदा पनि प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्ले आइतबार पनि पूर्णता नपाउने देखिएको छ । कांग्रेस नेता साउद बाहेक अन्य मन्त्री नियुक्तिबारे अझै अन्योल छ ।
कांग्रेसकाे शेखर काेइराला-गगन थापा पक्षकाे भागमा परेकाे मन्त्रालय उपनिर्वाचनअघिसम्म प्रचण्डले नै सम्हालने छन् । याे समूहले उपनिर्वाचनपछि मात्रै मन्त्री पठाउने तयारी गरेकाे छ । वैशाख १० गते बारा २, चितवन २ र तनहुँ १ मा प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन हुँदैछ ।
गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले १७ चैतमा सातौंपटक मन्त्रिपरिषद् विस्तार गरेका थिए । कांग्रेसमा मन्त्रीहरुकाे भागबन्डा र आकांक्षी धेरै भएपछि कुरा मिल्न सकेकाे छैन । त्यसको असर मन्त्रिपरिषद् विस्तारमा पनि देखिएको हो ।




















प्रतिक्रिया