काठमाडौं । नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईंले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट शपथ लिएकी छन् ।
उनलाई आइतबार राष्ट्रपति कार्यालयमा आयोजित शपथ समारोहमा प्रधानमन्त्री प्रचण्डले राज्यमन्त्री चपाईंलाई शपथ गराएका हुन् । नेकपा (एकीकृत समाजवादी) का नेता एवं राष्ट्रियसभा सदस्य चपाईंलाई प्रधानमन्त्री प्रचण्डले आजै राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले कांग्रेसका एनपी साउदलाई परराष्ट्रमन्त्री नियुक्त गर्दा चपाईलाई भौतिक पूर्वाधार राज्यमन्त्री नियुक्त गरेका हुन् । शपथ समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित थिए ।




















प्रतिक्रिया