चितवन । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले रास्वपा अध्यक्ष रबी लामिछानेलाई चितवनकाे पाहुना भएकाे संज्ञा दिएका छन् ।
अध्यक्ष गुरुङले लामिछानेलाई विदेशमा ठगेपछि लखेटिएर नेपाल आएर पार्टी खोल्दै उम्मेदवार बनेकाे आराेप लगाउँदै पाहुनाकाे संज्ञा दिएका हुन । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति संकेत गर्दै अमेरिकामा रहँदा जताततै ठगी गरेको र त्यहाँबाट लखेटिपछि नेपाल आएर राजनीति सुरु गरेकालाई चितवनवासीले मतदान गरे नेपालमा उपद्रो मच्चाएर फेरि उतै भाग्ने बताए ।
चितवनमा आइताबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष गुरुङले नेपाल ठग्न आएका पाहुँना उम्मेदवारलाई फेरि चितवनवासीले मतदान गरे त्यो दुर्भाग्य हुने बताए । उनले भने, ‘अहिले रवि लामिछाने दोस्रो पटक यो क्षेत्रमा चुनाव लड्न आएका छन् । उनी पहिलो चुनावमा नेपाली नागरिक समेत थिएनन् । उनी अझै पासपोर्ट काण्डमा विवादित छन् । उनले अमेरिकामा अनेक तरहको ठगी गरेका कारण त्यहाँ बस्न नसकेर नेपाल भागेका हुन् । अब पनि चुनाव जिते भने नेपाल ठगेर विदेश भाग्छन् । उनी नेपालमा ठगी गर्न आउका हुन् । दिगो राजनीति गर्न होइन ।’




















प्रतिक्रिया