काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज (आइतबार) आठौं पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्री प्रचण्डले परराष्ट्रमन्त्रीमा एनपी साउदलाई नियुक्त गरेसँगै मन्त्रिपरिषद् विस्तार आठौं पटक पुगेको हो ।
नवनियुक्त साउदले आजै पद तथा गोपनियताको शपथ लिएका छन् । आइतबार अपराह्न शितलनिवासमा उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाएका हुन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन् ।
तेस्रो पटक देशको प्रधानमन्त्रीको कुर्सीमा पुस १० गते विराजमान भएका प्रचण्डले १७ चैतमा सातौं पटक मन्त्रिपरिषद् विस्तार गरेका थिए । प्रधानमन्त्रीले आइतबार कञ्चनपुर २ बाट निर्वाचित साउदलाई परराष्ट्रमन्त्री बनाएर आठौै पटक मन्त्रिपरिषद् विस्तार गरेका भएपनि अझै मन्त्रिमण्डलले पूर्णता भने पाउन सकेको छैन ।
खासगरी गठबन्धनविना सरकार बन्ने अवस्था नरहनू, प्रधानमन्त्री प्रचण्ड जुन जुनजुन दलको समर्थनमा प्रधानमन्त्री बने त्यो गठबन्धन तोडिनू र अहिले नेपाली कांग्रेसमा आन्तरिक भागबन्डा नमिल्नुले मन्त्रिपरिषद् अधुरै रहेको हो ।




















प्रतिक्रिया