काठमाडौं । निर्वाचन आयोगले वैशाख १० गते हुने उपनिर्वाचनमा मतदाता परिचयपत्र नभएकाले पनि विभिन्न परिचयपत्रका आधारमा मतदान गर्न पाउने/दिने निर्णय गरेको छ ।
आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार मतदाताको अन्तिम नामावलीमा नाम भएकाले मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाण पुर्जा, सवारी अनुमति पत्रबाट मतदान गर्न पाइन्छ ।
वैशाख १० मा चितवन २, तनहुँ १ र बारा २ मा उपनिर्वाचन हुँदै छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नागरिकता विवादमा दोषी ठहरिएपछि चितवन २, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि तनहुँ १ र जसपा सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि बारा २ मा उपनिर्वाचन हुन लागेको हो ।




















प्रतिक्रिया