काठमाडौं । निर्वाचन आयोगले ४ मंसिरमा सम्पन्न आमनिर्वाचनमा उम्मेदवार बनेर अहिलेसम्म खर्च विवरण नबुझाएकाहरुलाई स्पष्टीकरण सोधेको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार निर्वाचन भएको मितिले ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेस गर्ने प्रतिनिधिसभाका दुई हजार ३७३ र प्रदेशसभाका तीन हजार १८८ गरी ५ हजार ५६१ जनालाई त्यस्तो निर्देशन दिएको थियो ।
तर पाँच महिना वित्न लागदा पनि निर्वाचन खर्च विवरण नबुझाउनेहरुलाई सातदिने स्पष्टीकरण सोधिएको हो । “निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा ३१ को उपदफा (४) बमोजिम निर्वाचन खर्चको विवरण ७ दिनभित्र सार्वजनिक गरी सार्वजनिक गरेको जानकारी आफू उमेदवार भएको जिल्लाको प्रदेश÷जिल्ला निर्वाचन कार्यालयमा पेस गर्नका लागि सम्बन्धित उम्मेदवारहरूलाई निर्देशन दिएको छ,” अर्यालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
तोकिएको समयावधिभित्र निर्वाचन खर्चको विवरण नबुझाउने प्रतिनिधिसभातर्फ ३७ जना र प्रदेशसभातर्फ ३७ जना गरी कुल ७४ उमेदवारको नामावली आयोगको वेबसाइटमा प्रकाशन गरिएको उनले बताए ।




















प्रतिक्रिया