काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा र तनहुँ जाने भएका छन् । वैशाख १० गते हुने प्रतिनिधिसभाको उपनिर्वाचन कार्यक्रम लागि सत्ता गठबन्धनका उम्मेदवारको पक्षमा मत माग्न प्रधानमन्त्री तनहुँ जान लागेका हुन् ।
प्रतिनिधिसभामा गोरखाबाट निर्वाचित प्रचण्ड त्यहाँका विभिन्न कार्यक्रममा सहभागी हुने र त्यसपछि तनहुँ जाने कार्यक्रम छ । वैशाख १० गते तनहुँ १, चितवन २ र बारा २ मा उपनिर्वाचन हुँदैछ । तनहुँ १ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका गोविन्द भट्टराई उम्मेदवार छन् । नेकपा एमालेबाट सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट हालै कांग्रेस परित्याग गरेका स्वर्णिम वाग्ले उम्मेदवार छन् ।
प्रधानमन्त्री प्रचण्ड आज नै काठमाडौं फर्किने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।




















प्रतिक्रिया