Logo

खेलकुद

कतारद्वारा साउदीलाई २ सय १७ रनको मध्यम लक्ष्य



काठमाडौं । एसीसी प्रिमियर कपमा कतारले साउदी अरेवियालाई २ सय १७ रनको मध्यम लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कतार ४९.५ ओभरमा २ सय १६ रनमा अल आउट भयो ।

कतारका मोहम्मद तनविरले ४८ बलमा ७ चौकासहित सर्वाधिक ४६ रन बनाए । ओपनर कमरान खान ३९ बलमा ७ चौकासहित ३६ रनमा आउट भए । इमाल लियांगे ३१ रनमा आउट हुँदा कप्तान मोहम्मद रिजलान २८, इक्रामउल्लाह खान १४ र आमिर फारुक ४ रनमा आउट भए ।

तल्लोक्रमका खुराम शाहजाद २७ रनमा आउट भए । सनदुन विथानागे १४ रनमा अविजित रहे । साउदीका तीव्र गतिका बलर इश्तिक अहमदले ९.५ ओभरमा ४६ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । अतिफ उर रहमान, जैन उल अबिदीन र अहमद बलाडार्फले समान दुई विकेट लिए ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार १३:३०   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।