Logo

प्रमुख समाचार

प्रतिनिधिसभा उपनिर्वाचनः तनहुँमा मतदान सुरु



तनहुँ — तनहुँ निर्वाचन क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनका लागि मतदान सुरु भएको छ । गत मंसिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि यो क्षेत्रमा उपनिर्वाचन गर्नुपरेको हो।

२ नगरपालिका र ३ गाउँपालिका रहेको यस निर्वाचन क्षेत्रमा उपनिर्वाचनका लागि ६९ मतदान स्थलमा १५२ मतदान केन्द्र कायम गरिएको छ । उपनिर्वाचन सम्पन्न गर्नका लागि ७६० जना कर्मचारी खटिएका छन् । निर्वाचनमा तनहुँ १ मा १ लाख २३ हजार ३०५ मतदाता कायम भएका छन् । मतदाता नामावली अद्यावधिकका क्रममा मृत्यु भएका, दोहोरो नाम भएका, बसाइँसराइ गरेकाको नाम हटाउँदा मतदाता घटेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

तनहुँमा रास्वपाका उम्मेदवारमा स्वर्णिम वाग्ले, गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई, नेकपा एमालेबाट सर्बेन्द्र खनाल उम्मेदवार रहेका छन ।

प्रकाशित मिति : १० बैशाख २०८०, आईतवार ०७:४४   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।