एजेन्सी । एक महिनाभन्दा लामो समयदेखि फरार रहेको भनिएका ‘‘वारिस पञ्जाब दे’ सङ्गठनका प्रमुख खालिस्तानी नेता अमृतपाल सिंहलाई पञ्जाब प्रहरीले गिरफ्तार गरेको छ। पञ्जाब प्रहरीले आफ्नो ट्विटरबाट यसको पुष्टि गरेको हो । सिंहले सिखहरूका लागि स्वायत्त राज्यको माग गर्दै आएका थिए। १८ मार्चदेखि उनी फरार रहेका थिए। सिंह नेपालमा लुकेको हुनसक्ने भन्दै काठमाण्डूस्थित भारतीय दूतावासले कूटनीतिक संयन्त्रमार्फत् खोजी गरिदिन नेपालको अध्यागमन विभागलाई समेत पत्र पठाएको थियो । उनन्तीस वर्षीय सिंह सिख स्वायत्त राज्य ‘खालिस्तान’ स्थापना गर्ने उद्देश्य राख्ने ‘‘वारिस पञ्जाब दे’ सङ्गठनका प्रमुख हुन्।
सिंहको मूल थातथलो पञ्जाबको अमृतसर जिल्लामा छ। तर सन् २०१२ मा दुबई गएर उनी आफ्नो पारिवारले चलाएको यातायात व्यवसायमा संलग्न भएका थिए। गत वर्ष अगस्टमा उनी पञ्जाब फर्किएर शिख समुदायको छुट्टै देश बनाउनुपर्ने भन्दै भारतबाट शिख राज्य अलग्याउने आन्दोलन चर्काएका थिए । प्रहरीले सिंहका समर्थकहरुलाई गिरप्तार गरिरहेको थियो । सिंहका धेरै समर्थक प्रहरी हिरासतमा रहेका छन । सिंहका समर्थकहरूले गत फेब्रुअरीमा हिरासतमा रहेका उनका सहयोगीको रिहाइ माग गर्दै एक प्रहरी चौकीमा धावा बोल्दा त्यहाँ हिंसा भड्किएको प्रहरीको आरोप छ । प्रहरी कारबाहीमा कैयौँ सिख युवाहरू समेत मारिए।




















प्रतिक्रिया