चितवन । चितवन २ को मतगणना उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भएको छ । मतगणनाका लागि आवश्यक सबै तयारी भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार मतगणनास्थलमा तारजाली र सिसिटिभी जडान गरिएको छ । कार्यालयले तीनदिनभित्र मतगणनाको पूर्ण नतिजा आउने बताएको छ । मतगणना चितवनमा आज रातिदेखि नै सुरु गर्ने तयारी भएको सहायक मतदान अधिकृत ईश्वर आचार्यले जानकारी दिए । राति ९ बजेसम्म मतपेटिका संकलन गर्न समय लाग्ने उनको धनाइ छ । त्यसपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिने छ ।
केही मतदानकेन्द्रको बाहेक चितवन २ मा निर्धारित समयमा ६१ प्रतिशत मत खसेको आयोगको कार्यलयले जनाएको छ । केही स्थानमा मतदान जारी बाँकी रहेकाले केही बढ्न सक्ने आयोजले जनाएको छ।
चितवनमा कुल १ लाख २४ हजार ६९५ मतदाताका लागि ४३ मतदान स्थलमा १३८ मतदान केन्द्र निर्धारण गरिएको थियो । चिवतन २ मा गत मंसिर ४ को निर्वाचनमा ६८ प्रतिशत मत खसेको थियो । सो निर्वाचनमा ८४ हजार १७ मत खसेको खसेको थियो ।




















प्रतिक्रिया