तनहुँ । तनहुँको निर्वाचन क्षेत्र नम्बर –१ मा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७ सय ३७ मत खसेको छ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार ६९ वटा मतदान स्थलका १ सय ५२ मतदान केन्द्रमा सहज तरिकाले मतदान सम्पन्न भएको हो । बिहान ७ बजे सुरू भएको मतदान दिउँसो ५ बजे सकिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
आयोगका अनुसार उक्त क्षेत्रमा १ लाख २३ हजार ३०५ जना मतदाता छन्। तनहुँ–१ मा नेपाली कांग्रेसका तर्फबाट गोविन्द भट्टराई, एमालेका तर्फबाट सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट स्वर्णिम वाग्लेबीच मुख्य प्रतिस्पर्धा देखिएको छ। मतदान सकिएपछि अहिले मतपेटिका संकलनको काम सुरु भएको निर्वाचन कार्यालयले जनाएको छ ।




















प्रतिक्रिया