काठमाडौं । उपचुनाव भएका तीन वटै निर्वाचन क्षेत्रबाट मतपेटिका संकलन भइरहेको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभा सदस्यका लागि आज (आइतबार) चितवन २, तनहुँ १ र बारा २ मा उपनिर्वाचन सम्पन्न भएको हो ।
आयोगका अनुसार सबै क्षेत्रमा शान्तिपूर्ण र उत्साहजनकरुपमा उपनिर्वाचन भएको छ । आयोगको प्रारम्भिक विवरणअनुसार तीनवटै क्षेत्रमा औषतमा ६० प्रतिशत मतदान भएको छ ।
आयोगका अनुसार चितवन २ मा उद्योग वाणिज्य संघको हल, भरतपुर, तनहुँ १ को जिल्ला समन्वय समिति परिसर, दमौली र बारा–२ मा शिक्षा तालिम केन्द्र कलैयामा मतपेटिका संकलन भएपछि मतगणना गर्ने तयारी छ ।
बारामा साँझ ८ बजेसम्म मतपेटिका संकलन भइसक्ने अनुमान छ भने चितवनमा १० र तनहुँमा राति ११ बजेभित्र मतपेटिका संकलन भइसक्ने अनुमान छ । आयोग अनुसार यही वैशाख १२ गतेभित्र मत परिणाम सार्वजनिक गर्ने गरी मतगणना हुने छ ।





















प्रतिक्रिया