तनहुँ । प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत तनहुँ क्षेत्र नं. १ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्लेले अग्रता लिएका छन् ।
गएराति ११ः४५ बजेदेखि मतगणना सुरु भएकाे मतगणनामा आज बिहान ६ बजेसम्मको नतिजाअनुसार रास्वपाका डा वाग्लेले अग्रता लिएका हुन् । ९२४६ मत गणना हुँदा वाग्लेले ५०१९ मत पाएका छन् । यसैगरी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले २२५१ र नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले १५४९ मत पाएका छन् ।




















प्रतिक्रिया