Logo

राजनीति

तनहुँ-१ अपडेट : आठ वडाको मतगणना सम्पन्न, वाग्लेको अग्रता कायमै



तनहुँ । आइतबार सम्पन्न तनहुँ क्षेत्र नं. १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा. स्वर्णिम वाग्लेले अग्रता कायमै राखेका छन् ।

गए राति ११ः४५ बजेदेखि मतगणना सुरु भएकामा आज बिहान ८ बजेसम्मको नतिजाअनुसार डा. वाग्लेले अग्रता कायमै राखेका हुन् । हालसम्म ८ वडाको मतपरिणाम सम्पन्न हुँदा डा. वाग्लेले ७ हजार ३ सय ९३ मत प्राप्त गरेका छन् ।

नेपाली कांग्रेसका गोविन्द भट्टराईले ३ हजार ३ सय ३४ मत प्राप्त गरेका छन् । नेकपा (एमाले) का सर्वेन्द्र खनालले २ हजार १ सय ३४ मत प्राप्त गरेका छन् ।

आँबुखैरेनी–१, आँबुखैरेनी–२, आँबुखैरेनी–३, भानु–१०, भानु–८, भानु–३, भानु–७ र भानु–४ को १३ हजार ६५ मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले जानकारी दिए । आँबुखैरेनी–१ मा १ हजार ४ सय ५८ मत खसेकामा रास्वपाका वाग्लेले १ हजार ६५, कांग्रेसका भट्टराईले २ सय ६५ र एमालेका खनालले ५४ मत प्राप्त गरेका छन् ।

आँबुखैरेनी–२ मा १ हजार ३ सय ९२ मत खसेकामा रास्वपाका वाग्लेले ८ सय ८१, कांग्रेसका भट्टराईले ३ सय ३६ र एमालेका खनालले १ सय ८ मत प्राप्त गरेका छन् । भानु–३ मा १ हजार ५ सय ७४ मत खसेकामा रास्वपाका वाग्लेले ७ सय १६, कांग्रेसका भट्टराईले ४ सय १८ र एमालेका खनालले ३ सय ५१ मत प्राप्त गरेका छन् ।

भानु–७ मा १ हजार २ सय ८१ मत खसेकामा रास्वपाका डा वाग्लेले ६ सय ५५, कांग्रेसका भट्टराईले ३ सय १२ र एमालेका खनालले २ सय ७० मत प्राप्त गरेका छन् । भानु–८ मा १ हजार ७ सय ९४ मत खसेकामा रास्वपाका वाग्लेले ८ सय ५६, कांग्रेसका भट्टराईले ४ सय ५८ र एमालेका खनालले ४ सय ३७ मत प्राप्त गरेका छन् ।

भानु–१० मा १ हजार सात सय ५८ मत खसेकामा रास्वपाका वाग्लेले ८ सय ४६, कांग्रेसका भट्टराईले ५ सय ५१ र एमालेका खनालले ३ सय २९ मत प्राप्त गरेका छन् । भानु–४ मा १ हजार ६ सय ७५ मत खसेकामा रास्वपाका डा वाग्लेले ७ सय ५९, कांग्रेसका भट्टराईले ४ सय ८२ र एमालेका खनालले ३ सय ९४ मत प्राप्त गरेका छन् ।

आँबुखैरेनी–३ मा २ हजार १ सय ७३ मत खसेकामा रास्वपाका वाग्लेले १ हजार ५ सय १५, कांग्रेसका भट्टराईले ४ सय १ र एमालेका खनालले १ सय १९ मत प्राप्त गरेका छन् ।

तनहुँ क्षेत्र नं. अन्तर्गत ४२ वडामा ६३ हजार सात सय ५७ मत खसेको थियो । जिल्ला समन्वय समितिको सभाहलमा दुई ठाउँमा मतगणना जारी छ ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार ०८:२२   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।