Logo

राजनीति

उपनिर्वाचन : बारा–२ मा यादवले बढाए मतान्तर



वीरगञ्ज । बारा निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रतिद्वन्द्वीहरुसँग मतान्तर बढाउँदै लगेका छन् ।

सुरूवातमा अग्रता बनाएका यादवलाई केही समयपछि जनमत पार्टीका शिवचन्द्र कुशवाहले पछि पारेका थिए । पछाडि पारेका यादवले पछिल्लो पटक लिएको अग्रता कायम राख्दै मतान्तर पनि बढाउँदै लगेका हुन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो परिणामअनुसार जसपा अध्यक्ष यादवले १८ सय ६२ मत प्राप्त गर्दै निकटतम प्रतिद्वन्द्वी जनमतका कुशवाहसँग २०१ मतको फराकिलो अन्तरले अगाडि छन् । कुशवाहले १६ सय ६१ मत प्राप्त गरेका छन् ।
यस्तै तेस्रो स्थानमा रहेका नेकपा एमालेका पुरुषोत्तम पौडेलले ७२३ मत ल्याएका छन् । मतगणना जारी छ ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार १८:२३   :  बजे

117
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।