Logo

अचम्म

सुत्नु अघि अनुहारमा लगाउनुहोस यी २ चिज, दाग धब्बा गायब हुन्छन्



आफनो मुहार सुन्दर बनाउनका लागि महिलाहरुले धेरै कार्यहरु गरिरहेका हुन्छन, ताकी आफनो मुहार अझै निखार र सुन्दर देखियोस् । यसका लागि उनीहरुले ब्युटी पार्लरमा गएर महंगो खर्चसमेत गरिरहेका हुन्छन् ।

तर, तपाईलाई यो थाहा नहुन सक्छ कि आफनै घरमा भएका सामाग्रीहरु प्रयोग गरेर ब्युटी पार्लरमा महंगो खर्च गरेर आएको जस्तै मुहारमा निखार तथा चमक ल्याउन सक्नु हुन्छ । त्यसका लागि तपाईले टमाटर र कागती प्रयोग गरेर मुहारलाई अझ सुन्दर बनाउन सक्नु हुन्छ ।

कागतीमा भिटामिन सी पाईन्छ भने टमाटरमा पाइने भिटामिन बी र एन्टी आँक्सीडेंन्टका कारण मुहारमा प्राकृतिक निखार ल्याउन मद्त गर्दछ ।

आउनुहोस, जानी राखौं– घरमा सजिलै बनाउन सकिने घरेलु मेकअप प्याक र यसवाट हुने फाईदाका बारेमा ।

मुहारमा कागती र टमाटर लगाउनुको फाईदा :

छालालाई शितलता : चर्को घामले छालामा समस्या ल्याईरहेको हुन्छ । यस्तो बेला मुहारमा टमाटरको प्रयोग गरेमा शितलता प्रदान गर्दछ । टमाटरमा पाउने तत्वले छालाको जलनमा शितलता प्रदान गर्न मदत गर्दछ ।

सफा र चम्किलो मुहार : टमाटर र कागतीले छालाको टैनिगको कम गर्न मद्त गर्दछ । यसका साथै मुहारमा आएको दाग र धब्बाको कम गर्नका लागि पनि उपयाेगी रहेकाे छ ।

एन्टी–एजिंग मास्क : टमाटरमा भिटामिन बी र एन्टी एजिंग गुणहरु पाइन्छ । जो छालालाई जवान देखाई रहनका लागि मद्त गर्दछ । यसका लागि कागतीको रसमा मह मिलाएर अनुहारमा लगाउनुहोस र १५ मिनेट पछि सफा पानीले अनुहार पखाल्नुहोस ।

प्रकाशित मिति : बैशाख १८, २०८० सोमबार  ८ : ५५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।