Logo

प्रमुख समाचार

प्रहरीले फेरि पठायो कोइरी फरार रहेको पत्र, निलम्बनको बाटो खुल्यो



काठमाडौं। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई नेपाल प्रहरीले एमाले सांसद लक्ष्मी महतो कोइरी फरार अवस्थामा रहेको जानकारी गराउँदै दोस्रो पत्र पठाएको छ।

हत्या अभियोग लागेका सांसद कोइरी हाल फरार रहेको र निजको खोजी भइरहेकोबारे सभामुखलाई आइतबार दोस्रो पत्र पठाइएको प्रहरी प्रवक्ता डीआइजी कुवेर कडायतले जानकारी दिए।

यसअघि पनि उनी फरार रहेकोबारे सभामुखलाई जानकारी गराइएको कडायतले बताए । उनले भने– ‘सांसद कोइरीमाथि हत्या अभियोग लागेको, उनी हाल फरार रहेको र प्रहरीले खोजिरहेको बारे सभामुखलाई दोस्रोपटक जानकारी गराउँदै पत्र पठाएका छौँ ।’

यता सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले पनि संसद् सचिवालयमा प्रहरी प्रधान कार्यालयबाट सांसद लक्ष्मी महतो कोइरीको बारेमा जानकारी पत्र आएको बताए । यसअघि प्रहरीले गत पुस ७ गते लक्ष्मी महतो कोइरीमाथिको अभियोग र प्रहरीले खोजी गरिरहेको विषयमा सभामुखलाई जानकारी पत्र गराएको थियो । प्रहरीले सो पत्र पठाएकै दिन संसद् भवन छिरेर सांसद महतोले शपथ लिएका थिए भने पुस २६ गते प्रधानमन्त्रीले विश्वासको मत लिएको दिन पनि संसद् भवन पुगेका थिए ।

प्रकाशित मिति : बैशाख १९, २०८० मंगलबार  ८ : ०७ बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।