काठमाडौं। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले एमालेबाट प्रतिनिधि सांसद बनेका लक्ष्मी महतो कोइरीलाई निलम्बन गरेका छन् । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई नेपाल प्रहरीले एमाले सांसद लक्ष्मी महतो कोइरी फरार अवस्थामा रहेको जानकारी गराउँदै आजै दोस्रो पत्र पठाएको थियाे।
हत्या अभियोग लागेका सांसद कोइरी हाल फरार रहेको र निजको खोजी भइरहेकोबारे सभामुखलाई आइतबार दोस्रो पत्र पठाइएको प्रहरी प्रवक्ता डीआइजी कुवेर कडायतले जानकारी दिएका थिए। यसअघि पनि उनी फरार रहेकोबारे सभामुखलाई जानकारी गराइएको कडायतले बताएका थिए । एमाले सांसद समेत रहेका काेइरीलाई पक्राउ गरी कारबाही गर्न र सांसद पद खारेज गर्न अन्य दलका सांसदहरुले दबाब दिएका थिए ।
यसअघि प्रहरीले गत पुस ७ गते लक्ष्मी महतो कोइरीमाथिको अभियोग र प्रहरीले खोजी गरिरहेको विषयमा सभामुखलाई जानकारी पत्र गराएको थियो । प्रहरीले सो पत्र पठाएकै दिन संसद् भवन छिरेर सांसद महतोले शपथ लिएका थिए भने पुस २६ गते प्रधानमन्त्रीले विश्वासको मत लिएको दिन पनि संसद् भवन पुगेका थिए ।
प्रतिक्रिया