Logo

सुरक्षा / अपराध

अवैध हातहतियार तथा बन्यजन्तुसँग सम्बन्धित बस्तु सहित पक्राउ  



तनहुँ, ५ कात्तिक । अवैध हातहतियार तथा वन्यजन्तुसँग सम्बन्धित वस्तु सहित बन्दिपुर गाउँपालिका(६ ज्यामिरे स्वाँरा बस्ने ४० वर्षीय अशोक गुरुङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

 गुरुङ लगायतका व्यक्तिहरुले अवैध रुपमा हातहतियारहरु साथमा लिई सर्वसाधारणलाई त्रसित पारी आतंकित बनाएको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बन्दीपुर र ईलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेबाट खटिएको प्रहरीले गुरुङको घर तलासी गर्दा १ राउण्ड गोली, २ थान म्याग्जीन सहितको पेस्तोल , ५ थान जंगली जनावरको छाला जस्तो देखिने वस्तु, २ थान जंगली जनावरको जस्तो देखिने सिङ र ५० ग्राम गाँजा जस्तो पदार्थ फेला पारी बरामद गरेको थियो । तत्काल फरार रहेका गुरुङलाई बन्दिपुर गाउँपालिका(२ बाट प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

प्रकाशित : ५ कार्तिक २०७७, बुधबार