काठमाडौं । सत्ता गठबन्धनका दलको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनदलको बैठक सुरु भएको हो ।
बैठकमा मन्त्रिपरिषद् विस्तार, सरकारको नीति तथा कार्यक्रम र समसामयिक राजनीतिक विषयमा छलफल हुने प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले बताए ।
उपनिर्वाचन पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सकारमा ल्याउने प्रधानमन्त्रीको तयारी छ । रास्वपालाई सरकारमा ल्याउन प्रधानमन्त्रीले पहल गरिरहेका छन् ।
रास्वपा सभापति लामिछानेसँगको भेटमा प्रधानमन्त्रीले गठबन्धन दलमा छलफल गरेर जवाफ दिने बताएपछि शुक्रबारसम्म सरकारलाई दिएको समर्थनबारे पर्ख र हेरको अवस्थामा होल्ड गरेर राखेको छ ।




















प्रतिक्रिया