Logo

प्रमुख समाचार

मन्त्रिपरिषद पुन विस्तार : कांग्रेसका तीन मन्त्री थपिए



काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले फेरि मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा (९) बमोजिम आज तीन मन्त्रीहरु नियुक्त गरी कार्यभार तोकेका हुन् ।

थपिएका मन्त्रीहरुमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ, मोहन बहादुर बस्नेत र डिगबहादुर लिम्बू छन् । कांग्रेसका उपसभापति धनराज गुरुङ कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बनेका छन् । त्यस्तै मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या मन्त्री र डिगबहादुर लिम्बू युवा तथा खेलकुद मन्त्री बनेका छन् ।

सत्ता गठबन्धनमा कांग्रेसको भागमा परेका ८ मन्त्रालयमध्ये बाँकी रहेका तीनवटा मन्त्रालयमा मन्त्री नियुक्त भएका हुन् । कांग्रेसबाट यसअघि पुर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, प्रकाशसरण महत अर्थ, रमेश रिजाल उद्योग बाणिज्य तथा आपुर्ति, एनपी साउद परराष्ट्र र सीता गुरुङ शहरी विकास मन्त्री नियुक्त भइसकेका छन् ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार १७:४८   :  बजे

99
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।