काठमाडौँ — नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणमा पक्राउ परेका सचिव टेकनारायण पाण्डेलाई अनुसन्धानका लागि तीन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।
काठमाडौं प्रहरी परिसरले उनलाई आज (बुधबार) दिउँसो पक्राउ गरेको थियो । उनलाई सिंहदरबार प्रहरी वृत्तमा राखिएको प्रहरीले जनाएको छ । मंगलबार तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेपछि अन्य अभियुक्र पनि पक्राउ परिरहेका छन् । प्रहरीले पाण्डेलाई जडिबुटीबाट पक्राउ गरेको थियो । उनी २०७८ साल साउन २७ गतेदेखि २०७९ असोज २ गतेसम्म गृहसचिवका रूपमा कार्यरत थिए ।
उपराष्ट्रपति कार्यालयमा आउनुअघि गत वर्ष उनी गृह मन्त्रालयको सचिव थिए । मन्त्रालयको सचिव भएकै अवस्थामा नक्कली शरणार्थी प्रकरण र गिरोहसँगको साँठगाठमा उनी मुछिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
प्रतिक्रिया