Logo

प्रमुख समाचार

प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगे ओली



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता भएको हो। समसामयिक कुराकानी र राजनीतिक घटनाक्रमकाे बारेमा छलफल गर्न ओली प्रधानमन्त्री कार्यालय पुगेकाे जनाइएकाे छ ।

पछिल्लाे समय नक्कली शरणार्थी प्रकरणमा नेपालका हाइ प्राेफाइल कर्मचारी र राजनीतिक दलका नेताहरु जाेडिएकाले ओली तीनै विषयमा कुराकानी गर्न प्रधानमन्त्री कार्यालय पुगेकाे बुझिएकाे छ । त्यस्तै सरकारलाई पनि पूर्णता दिन बाँकी रहेकाले सरकारकाे पूर्णताका विषयमा पनि छलफल हुनसक्ने देखिन्छ ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार १४:५७   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।