Logo

प्रमुख समाचार

सरकारमा पार्टीको सहभागिताबारे छलफल गर्न रास्वपाकाे बैठक जारी



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा सहभागी हुने वा नहुने भन्नेबारेमा निर्णय लिन बैठक बसिरहेकाे छ ।पार्टीले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक गरिरहेकाे छ । राष्ट्रिय स्वतन्त्र पार्टी कार्यालयमा अहिले बैठक जारी छ ।

केन्द्रीय समितिको बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा पार्टीको सहभागिताबारे छलफल गर्ने छ । यसैगरी पछिल्लो समसामयिक राजनीतिक विषय तथा बदलिँदो राजनीतिक परिस्थितिका बारेमा आजको बैठकमा छलफल हुने सो पार्टीका प्रवक्ता मुकुल ढकालले जानकारी दिएका छन् ।

गत सोमबार पनि रास्वपाको केन्द्रीय समिति र पार्टी संसदीय दलको बैठक बसेको थियो । आजको बैठकले सरकारमा सहभागी हुने या प्रतिपक्षमा बस्ने निर्णय गर्ने केन्द्रीय सदस्यहरूले बताएका छन् ।

यही वैशाख १० गते भएको उपनिर्वाचनबाट पार्टी सभापति रवी लामिछाने पुनः निर्वाचित भएपछि आज पार्टीको दोस्रो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो । रास्वपालाई सरकारमा ल्याउन सत्ता गठबन्धनले प्रयास जारी राखेको छ ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार १८:०७   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।