काठमाडौं । पूर्व गृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले नक्कली शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् । उलने विभिन्न संचारमाध्यममा आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै त्यसमा कुनै सत्यता नरहेको जनाए ।
शनिबार एक ध्यानाकार्षणपत्र सार्वजनिक गर्दै खाणले घटनामा आफ्नो संलग्नता देखाएर व्यक्तिगत चरित्रहत्या गर्न खोजिएको पनि उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘आधारहीन, तथ्यही र संलग्न हुँदै नभएको घटनामा संलग्न भयो भन्दै र जाँदै नगएको स्थानमा भ्रमणमा गएको भन्ने समाचारले अन्यौल उत्पन्न हुने र व्यक्तिगत चरित्रहत्या हुने हुँदा यस्ता समाचार संप्रेशन नगरिदिन हुन अनुरोध छ ।’
तत्कालीन गृहसचिव रहेका टेकनारायण पाण्डे पक्राउ परेपछि पूर्व गृहमन्त्री खाणको नाम पनि मुछिएको हो ।





















प्रतिक्रिया