Logo

राजनीति

कांग्रेस सिन्धुली–काठमाडौं सम्पर्क समितिको नयाँ कार्यसमिति चयन, सभापतिमा गुरुङ



काठमाडौं । नेपाली कांग्रेस सिन्धुली–काठमाडौं सम्पर्क समितिले नयाँ कार्यसमिति चयन गरेको छ । समितिको शनिबार र आइतबार काठमाडौंको सुकेधारामा आयोजित ५औं अधिवेशनबाट नयाँ समिति निर्वाचित भएका हुन् ।

समितिको सभापतिमा युवराज गुरुङ निर्वाचित भएका छन् । यसैगरी चार उपसभापतिमा समिता कोइराला, सुशील बराल, टंकबहादुर खत्री र चतुरमान बल चयन भएका छन् ।

सचिवमा अन्जनी कोइराला, शोभा गौतम, सहसचिवमा केदार बनिया (बाबा जोहन), विकेश अधिकारी, कुलदीप कोइराला र हिरण बुढाथोकी, कोषाध्यक्षमा आशिश खत्री निर्वाचित भएका छन् ।

यसैगरी प्रदिप श्रेष्ठ, उमेश अधिकारी, रोशन घलान, अर्जुन नेपाली, राजकुमार सुनुवार, राजेन्द्र कार्की, सुरेश प्रसाद कोइराला, रेमन राई, खड्क बहादुर थापा, मेनुका सुवेदी, मन्दिरा दाहाल, खिलनाथ श्रेष्ठ, प्रनिश घिसिङ्ग, पदम तामाङ, सबिन दाहाल र गोविन्द बहादुर बुढाथोकी सदस्य निर्वाचित भएका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आईतवार १८:१८   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।