Logo

अर्थ

बढ्याे सुनकाे मूल्य



काठमाडौं । नेपाली बजारमा सोमबार सुनको बढेको छ ।

आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । योसँगै छापावाला सुन  प्रतितोला १ लाख १० हजार ९०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ३५० रुपैयाँ कायम भएको छ ।

हिजो सुनको मूल्य  तोलामा १ हजार २०० रुपैयाँले घटेको थियो । यो दिन छापावाला सुन प्रतितोला १ लाख १० हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

आज पनि चाँदीको मूल्य स्थिर रहँदै तोलाको १ हजार ४४५ रुपैयाँ कायम भएको छ । हिजो पनि मूल्य स्थिर रहँदै चाँदी १ हजार ४४५ रुपैयाँमै किनबेच भएको थियो ।

प्रकाशित मिति : बैशाख २५, २०८० सोमबार  ११ : ४७ बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।