Logo

अर्थ

एससीटी र मुक्तिनाथ विकास बैंकबीच एससीटी-यूपीआई डेबिट कार्ड सेवा सञ्चालन गर्ने सम्झौता



काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र मुक्तिनाथ विकास बैंकबीच एससीटी–यूपीआई डेबिट कार्ड सेवा सञ्चालनका लागि सम्झौता भएको छ ।

सम्झौतापत्रमा स्माटच्वाइस टेक्नोलोजिजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र मुक्तिनाथ विकास बैंकका तर्फबाट सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङले हस्ताक्षर गरेका छन् ।

विगत २० वर्षदेखि डिजिटल भुक्तानीमा गुणस्तरीय सेवा दिँदै आएको स्मार्टच्वाइस टेक्नोलोजिज र राष्ट्रियस्तरमा ग्राहकमैत्री वित्तीय सेवा प्रदान गर्दै आइरहेको मुक्तिनाथ विकास बैंकबीच भएको यो सम्झौताले नेपालको समग्र डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने विश्वास गरिएको छ।

हाल ५ वाणिज्य बैंक, ५ विकास बैंक, १२ फाइनान्स कम्पनी र १५० भन्दा बढी सहकारीले एससीटी–यूपीआई डेबिट कार्ड आफ्नो ग्राहकलाई प्रदान गरिरहेका छन्। यस सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकले एससीटी–यूपीआई डेबिट कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सेवा प्राप्त गर्न सक्नेछन् ।

यसका साथै युनियन पे इन्टरनेसनल प्रयोगबाट ग्राहकले नेपाल तथा भारतमा एटीएम, पीओएस, ई–कमर्सजस्ता सेवा सजिलै लिन सक्नेछन् ।

प्रकाशित मिति : बैशाख २५, २०८० सोमबार  २ : ३५ बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।