Logo

प्रमुख समाचार

ढाकाकुमार श्रेष्ठको सांसद पद तत्काल नजाने



काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद् पदबाट हटाइएका ढाकाकुमार श्रेष्ठको तत्काल सांसद पद नजाने बताएको छ ।

अदालतले ढाकाकुमार श्रेष्ठलाई कारबाही गर्नुको कारण पनि माग गरेको छ। उनले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै तत्काल सांसद पद नजाने उल्लेख गरेको हो ।

सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले सांसद श्रेष्ठलाई कारबाही गर्नुको कारण माग गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

उनले स्वास्थ्य मन्त्री बन्न सभापति रवि लामिछानेको ‘कोर टिम’का लागि दुई करोड रुपैयाँ बुझाउनु पर्ने भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग पैसा मागेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद पद र साधारण सदस्यबाट निकालिदिएको थियो ।

सांसद् पदबाट हटाइएपछि उनले पार्टीको केन्द्रीय आचरण तथा अनुशासन समितिलगायतलाई विपक्षी बनाएर मुद्दा हालेका थिए। सर्वोच्चले दुवै पक्षलाई बोलाउने आदेश पनि गरेको छ। उनका पक्षमा अल्पकालीन अन्तरिम आदेश जारी पनि भएको छ । यसकारण उनको सांसद पद तत्कालका लागि खारेज नहुने भएको छ ।

रास्वपाले भने उनलाई हटाएर बिन्द्यबासिनी कंसाकारलाई सांसद्का लागि सिफारिस गरिसकेको छ।

प्रकाशित मिति : बैशाख २५, २०८० सोमबार  ४ : ०५ बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।