Logo

अर्थ

नेप्सेमा १६.९३ अंकको गिरावट



काठमाडौं । सोमबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १६।९३ अंकले घटेर १८३३।६९ विन्दुमा ओर्लिएको छ ।

यसदिन २७० कम्पनीको २८ लाख १० हजार ६२७ भन्दा बढी कित्ता सेयर किनबेच भएको छ । आज ८२ करोड ४२ लाख १७ हजार रुपैयाँको कारोबार भएको छ ।

आज ३४ कम्पनीको मात्र सेयर मूल्य बढेको छ । १८१ कम्पनीको सेयर मूल्य घट्दा ६ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छैन । आज सबै सूचक राताम्मे बनेका छन् ।

आज विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ८.०५ प्रतिशतले बढेर प्रतिकित्ता ७९२ रुपैयाँ पुगेको छ । यसदिन हाइड्रोपावरका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको सेयरमूल्य ९.९९ प्रतिशत भन्दा बढीले घटेको छ ।

आज कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको आज तीन करोड ७८ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार १६:१६   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।