काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले बजेट खर्चको उपयोगिता जाँच्नुपर्नेमा जोड दिएकी छन् । आगामी आर्थिक वर्षका लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद श्रेष्ठले खर्च देखाउनकै लागि बजेटको दुरुपयोग हुने गरेको उल्लेख गरिने ।
बजेटको सफलताको मूल्यांकन खर्च कति भयो वा भएन भनेर मात्र गरिँदा अनावश्यक ठाउँमा बजेट खर्च हुने गरेको बताइने । ‘बजेटको सफलताको मूल्यांकन बजेट खर्च भयो कि भएन भनेर गरिनु हुँदैन’, उनले भनिन्, ‘यसले गर्दा खर्च देखाउनकै लागि नयाँ समान किन्ने, त्यसलाई थन्क्याउने, उपयोगिता पटक्कै नजाँच्ने, फेरि अर्को वर्ष त्यही सामान किन्ने ।’
सांसद श्रेष्ठले अबको जसतो आर्थिक स्थितिमा नेपाली करदाता र दातृ निकालयबाट लिएको पैसाको उपयोग प्रपर हुनपर्ने बताइन् । उनले बजेट कति उत्पादन र परिणामुखी भयो भनेर नाप्न सुरु गर्नुपर्ने बताइन् ।
प्रतिक्रिया