Logo

अर्थ

राष्ट्र बैंकलाई उद्योग वाणिज्य महासंघले भन्यो : बजारलाई चलायमान बनाउन पुनर्कर्जा दिनुस्



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले बजारलाई चलायमान बनाउन पुनर्कर्जा र कर्जाको पुनर्संरचना गर्न नेपाल राष्ट्र बैंकसँग माग गरेको छ । सोमबार महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको टोलीले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसादलाई भेट गरी यस्तो आग्रह गरेको हो ।

मौद्रिक नीति २०७९÷८० को चौथो त्रैमासिक समीक्षाका लागि सुझाव प्रस्तुत गर्दै महासंघले निक्षेपको व्याजदर घटेसँगै कर्जाको व्याजदर पनि घटाउन आवश्यक उपकरण ल्याउन आग्रह गरेको छ । आर्थिक गतिविधिहरु शिथिल हुँदा उद्यमी व्यवसायीहरुमा ऋणको सावाँ ब्याज तिर्न सक्ने क्षमता कम हुँदै गएको, बैंकहरुको खराब कर्जा अनुपात पनि बढेकोले तत्काल पुनर्कर्जा, कर्जाको पुनर्संरचना एवम् पुनर्तालिकीकरण गर्न आग्रह गरे ।

बैंकिङ प्रणालीमा करिब दुई खर्ब रुपैयाँ तरलता उपलब्ध हुँदाहुँदै पनि कर्जा प्रवाह हुन नसकिएको भन्दै अध्यक्ष ढकालले यसलाई सम्बोधन गर्न ब्याजदर कम गर्ने उपाय स्वरुप तत्काल नीतिगत दर, बैंकदर सीआरआर घटाउने लगायतका नीतिगत निर्णयमा पुग्न पनि राष्ट्र बैंकसँग आग्रह गरे ।

प्रकाशित मिति : बैशाख २५, २०८० सोमबार  ८ : २४ बजे

294
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।