Logo

अर्थ

बढ्याे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य बढेको छ ।

आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । योसँगै छापावाला सुन प्रतितोला १ लाख ११ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ६५० रुपैयाँ कायम भएको छ ।

हिजो सोमबार पनि सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको थियो । यो दिन छापावाला सुन प्रतितोला १ लाख १० हजार ९०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ३५० रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य लगातार तेस्रो दिन मंगलबार पनि स्थिर रहँदै तोलाको १ हजार ४४५ रुपैयाँ कायम भएको छ । हिजो सोमबार पनि चाँदीको मूल्य स्थिर रहँदै तोलको १ हजार ४४५ रुपैयाँमा किनबेच भएको थियो ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलवार ११:२२   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।