Logo

अर्थ

मौद्रिक नीतिको समीक्षा लचिलो हुने चर्चासँगै दोहोरो अंकले बढ्यो नेप्से



नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत लचिलो नीति लिने चर्चासँगै विगत केही दिनदेखि निरन्तर घटेको शेयर बजार मंगलवार दोहोरो अंकले बढेको छ ।

राष्ट्र बैंकले यही साता मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेका अनुसार मंगलवार बजार १०दशमलव ६६ अंकले बढेको हो । ० दशमलव ५८ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १हजार ८सय ४४दशमलव ३६ अंकमा उक्लिएको छ ।

कूल कारोवारमा आएका २६९ कम्पनीका २८ लाख ३६ हजार १ सय ३९ कित्ता शेयर किनबेच हुँदा ७७ करोड ४७ लाख ६० हजार ६ सय ४७दशमलव०७ रुपियाँ बराबरको कारोबार भएको हो । बजार बढेको दिन आज पिपुल्प पावर लिमिटेडका लगानीकर्ताहरुले सबैभन्दा बढी ६दशमलव४७ प्रतिशतले नाफा कमाएका छन् भने यूनिक नेपाल लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ८दशमलव ६८ प्रतिशतले घाटा ब्यहोरेका छन् ।त्यस्तै हिमाल दोलखा हाइड्रोको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ६ करोड ९६ लाख २५ हजार ९ सय १३ रुपियाँ बराबरको शेयर किनबेच भएको हो ।

आइतबार १९दशमलव १२ अंकले बजार घट्दा ६० करोड ८१ लाख बराबर र हिजो सोमबार १६दशमलव ९३ अंकले बजार घट्दा ८२ करोड ४२ लाख रुपियाँ बराबरको कारोबार भएको थियो ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलवार १५:४२   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।