काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफूहरुले संसदमा बोल्न नपाएको भन्दै रोष्ट्रममा उभिएर विरोध जनाएका छन् ।
बुधबार बिहान ११ बजेदेखि शुरु भएको बैठकमा सभामुख देवराज घिमिरेले प्रिबजेट छलफललाई समयमै सक्नुपर्ने भएकाले आकस्मिक समय नराखिएको बताए लगत्तै राप्रपाका सांसदहरुले उठेर आकस्मिक समय राख्न माग गर्दै विरोध जनाएका हुन् ।
राप्रपाका सांसद दिपक सिंहले संसदमा बोल्न नपाउने भए कहाँ गएर बोल्ने भन्दै विरोध जनाए ।राप्रपा सांसदले पटक पटक समय माग्दा पनि सभामुखले समय नदिएर ससदको नियमित कामकारबाही अघि बढाउन खोजेपछि नाराबाजी गरेका हुन् ।
प्रतिक्रिया