Logo

राजनीति

राप्रपाको नाराबाजीपछि संसद बैठक स्थगित



काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले संसदमा बोल्न नपाएको भन्दै नाराबाजी गरेपछि संसद बैठक स्थगित भएको छ ।

बुधबार बिहान ११ बजेदेखि शुरु भएको बैठकमा सभामुख देवराज घिमिरेले प्रिबजेट छलफललाई समयमै सक्नुपर्ने भएकाले आकस्मिक समय नराखिएको बताए लगत्तै राप्रपाका सांसदहरुले उठेर आकस्मिक समय राख्न माग गर्दै विरोध जनाएका हुन्राप्रपाका सांसदहरूले आकस्मिक समयमा बोल्न पाउनुपर्ने माग गरेका थिए।

राप्रपा सांसदहरूलाई सभामुख देवराज घिमिरेले आकस्मिक समय आज नरहेको बताएका थिए।सभामुख घिमिरेले आजै १५ मिनेटपछि बस्ने गरी प्रतिनिधि सभा बैठक स्थगित गरेका छन्।

प्रकाशित मिति : बैशाख २७, २०८० बुधबार  १२ : ११ बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।