Logo

अर्थ

२४ प्रतिशतले बढ्यो रेमिट्यान्स, चालु खाता घाटामा



काठमाडौं । राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार विप्रेषण आप्रवाह २४ दशमलव २ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह २४दशमलव २ प्रतिशतले वृद्धि भई ९०३ अर्ब ३९ करोड रुपैयाँ पुगेको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ९ महिनाको तथ्यांक अनुसार रेमिट्यान्स २४दशमलव२ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०दशमलव२ प्रतिशतले घटेको थियो ।अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३दशमलव ९ प्रतिशतले वृद्धि भई ६ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १दशमलव८ प्रतिशतले घटेको थियो ।

शोधनान्तर स्थिति १ खर्ब ८० अर्ब बचतमा

राष्ट्र बैंकद्वारा सार्वजनिक आर्थिक तथा वित्तीय प्रतिवेदनमा शोधनान्तर स्थिति १ खर्ब ८० अर्ब १७ करोड रुपैयाँले बचतमा रहेको देखाएको छ । प्रतिवेदनअनुसार शोधनान्तर स्थिति उकालो लाग्दै गएको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ६८ अर्ब २६ करोडले घाटामा थियो । अघिल्लो फागुनसम्म यस्तो बचत १ खर्ब ४८ अर्ब रुपैयाँ बराबर थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब २५ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ३७ करोडले बचतमा रहेको छ ।

चालु खाता

समीक्षा अवधिमा चालु खाता ५१ अर्ब ८२ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५ खर्ब १० अर्ब ५८ करोडले घाटामा रहेको थियो।अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४ अर्ब २७ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ४० करोड २८ लाखले घाटामा रहेको छ ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार १३:२४   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।