Logo

अर्थ

आज सुनको मूल्य स्थिर, चाँदीकाे घट्यो



काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यस्थिर रहेको छ ।

आज सुनको मूल्यमा कुनै फेरबदल नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । योसँगै छापावाला सुन प्रतितोला १ लाख ११ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ५० रुपैयाँ कायम भएको छ ।

हिजो सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको थियो । यो दिन छापावाला सुन प्रतितोला १ लाख ११ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेर १ हजार ४३० रुपैयाँ कायम भएको छ। हिजो मूल्य स्थिर रहँदै चाँदी १ हजार ४४५ रुपैयाँमा किनबेच भएको थियो ।

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहीबार ११:५४   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।