Logo

अर्थ

‘आरजु’ चामल बजारमा



काठमाडौं । आरजु राइस मिलले ‘आरजु’ ब्राण्डका चामल बजारमा बिक्री वितरणमा ल्याएको छ । बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्र बहादुर बस्नेत अध्यक्ष रहेको र उनको लगानी रहेको आरजु राइस मिलले उत्पादन गरेको जिरा मसिनो र लङग्रेन चामलको औपचारिक बिक्री सुरु भएको हो ।

मोरङमा रहेको राइस मिलले मोरङका किसानहरुसँग सहकार्य गर्दै चामल उत्पादन गरिएको मिल अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले जानकारी दिए । नेपाली किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले उत्पादन थालिएको आरजु चामल मिलमा नेपाली धानलाई मात्रै स्थान दिइने, विदेशी धान आयात नगर्ने बस्नेतको भनाई छ । उनका अनुसार ३ वर्ष अघि लकडाउनको समयमा शुरु भएको राइस मिल सञ्चालनको कामले अहिले सार्थकता पाएको बताए । आरजु लङग्रेन चामल प्रति केजी १ सय ३० बिक्री मूल्य रहेको छ । यो स्वदेशी धान रामधानलाई प्रशोधन गरि उत्पादित चामल हो । बजारमा बिक्री भइरहेका भारतीय लङग्रेनको तुलनामा आरजु लङग्रेन स्वादिलो बास्नादार र सस्तो पर्न जाने कम्पनीको दाबी छ ।

आरजु मिलले झापा, मोरङ र सुनसरीका किसानलाई मल र बीउहरु दिएर धान खेती गराउन सुरु गरेको छ । आरजु राइस मिलले किसान र सरकारसँग मिलेर धानको न्यूनतम् समर्थन मूल्य कायम गरेको छ जसले गर्दा किसानहरुलाई धान उत्पादनमा प्रोत्साहन समेत मिलेको छ । मिल्सले हाल बजारमा जीरा मसिनो र लङग्रेन चामल ल्याएको र छिट्टैनै आरजु बास्मती चामल पनि ल्याउने बताएको छ ।

प्रकाशित मिति : बैशाख २८, २०८० बिहीबार  ४ : १४ बजे

198
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।