Logo

अर्थ

चौतर्फी विरोधपछि रोकियो नयाँ स्टक एक्स्चेन्जको लाइसेन्स दिने प्रक्रिया



काठमाडौं । सरकारले नयाँ स्टक एक्स्चेन्जकोे लाइसेन्स दिने प्रकृया रोकेको छ । नयाँ स्टक एक्सचेन्जको लाइसेन्सबारे संसद र सञ्चार माध्यमहरुमा चर्कोे विरोध भएपछि बिहीवार बसेको मन्त्रीपरिषद् बैठकले हाललाई यो प्रकृया रोक्न आदेश दिएको हो ।

खासमा यो प्रकृया रोक्न उच्च पदस्थ कर्मचारी र नेताहरुकै भित्री सेटिङमा सरकारी स्टक एक्स्चेन्ज नेप्सेलाई धराशायी पार्ने हिसावले खुलाउन लागिएको भन्ने व्यापक आलोचनापछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै लाईसेन्स वितरण प्रकृया रोक्नको लागि प्रस्ताव ल्याएका थिए । यसबारेको निर्णय अर्थ मन्त्रालयमा आईसकेको र अर्थले नेपाल धितोपत्र बोर्डमा पत्र पठाउने बताईएको छ।

यस अघि नयाँ स्टक एक्सचेन्जबारे परेका रिट अदालतले खारेज गरेसंगै धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्जको लागि फेरि आवेदन आह्वान गरेर प्रक्रिया अगाडी बढाएको थियो । नयाँ स्टक एक्सचेन्जको लागि हिमालयन स्टक एक्सचेन्ज, नेशनल स्टक एक्सचेन्ज र अन्नपूर्ण स्टक एक्सचेन्जले आवेदन दिएका थिए ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार १२:१९   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।